• १२ मंसिर २०८१, बुधबार

नेपालगञ्जमै थन्कियो हुम्लाको चामल

blog

नेपालगञ्ज समाचारदाता

नेपालगञ्ज, मङ्सिर ६ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको ढिलासुस्ती र ढुवानीकर्ताको बदमासीले हुम्लाका जनताले खाने चामल अहिले नेपालगञ्जमै थन्किएको छ । 

हवाई मार्गबाट ढुवानीको जिम्मा पाएको तारा एयर सम्झौता गर्न नजानु र सडकबाट ढुवानी गर्ने जिम्मा पाएको एलबी सप्लायर्स सम्पर्कविहीन हुँदा हुम्लावासी चामलविहीन हुने अवस्था आएको छ ।

कम्पनीले हवाई मार्गबाट चामल ढुवानी गर्न भन्दै टेन्डर आह्वान गरेको थियो तर  मापदण्डअनुसार बोलपत्र नपरेको र स्थल मार्गबाट ढुवानी गर्न समस्या भएकाले हुम्लामा चामल ढुवानी हुन नसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्ज कार्यालयले जनाएको छ । 

सरकारले यस वर्ष नेपालगञ्जबाट हुम्लामा तीन हजार पाँच सय क्विन्टल चामल पु-याउने भनेको थियो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले सडकमार्पmत ढुवानी गर्न सम्झौता गरिएको फर्मले पनि चामल ढुवानी नगरेको बताउनुभयो । “ढुवानीको जिम्मा पाएको फर्मले काम गरेको छैन, सोही कारण हुम्लामा समस्या आएको छ,” उहाँले भन्नुभयो । 

हुम्ला ढुवानी गर्ने तीन हजार पाँच सय क्विन्टल चामलमध्ये दुई हजार क्विन्टल चामल हवाई मार्गबाट पु-याउने लक्ष्य रहेको थियो । त्यसका लागि गत भदौ १ गते खोलिएको टेन्डरमा कुनै पनि हवाई सेवा प्रदायकले मापदण्डअनुसार बोलपत्र नहालेको लामिछानेले जानकारी दिनुभयो ।