• ५ जेठ २०८१, शनिबार

स्पेनका काराभाल बिरामी

blog

दोहा, मङ्सिर ६ गते । स्पेनका डिफेन्डर डानी काराभाल सोमबार बिरामी परेपछि विश्वकपअन्तर्गत बुधबार कोस्टारिकाविरुद्ध खेलमा सहभागी हुनेमा शङ्का उत्पन्न भएको छ। उहाँले सोमबार अभ्यासमा पनि भाग लिनुभएन। राइट ब्याक काराभालको यो पहिलो विश्वकप हो। 

स्पेनी टिममा स्ट्राइकर अल्भारो मोराटा, सेन्ट्रल डिफेन्डर ह्युगो गुइलामन पनि दुरस्त हुनुहुन्न। समूह ‘इ’मा स्पेन र कोस्टारिकासहित जर्मनी र जापान पनि रहेका छन्। सन् २०१० मा स्पेनले विश्वकप उपाधि जितेको थियो। हालै भएको नेसन्स लिगमा फाइनल र गत वर्ष भएको युरो च्याम्पियनसिपमा सेमिफाइनलमा पुगेको स्पेनलाई यस पटकको विश्वकपमा पनि उपाधि दाबेदारका रूपमा लिइएको छ।