• १३ साउन २०८१, आइतबार

मार्तडी दिनभर तनावग्रस्त

blog

मृतक अयडीको हत्याको छानविनको माग गर्दैै सडकमा टायर बालिँदै । तस्बिर : गोरखापत्र

शेरबहादुर सार्की

बाजुरा, मङसिर ५ गते । सोमबार बिहानै देखि जिल्ला सदरमुकाम मार्तडी निकै तनावग्रस्त बनेको छ । त्रिवेणी नगरपालिका–७ मा मतदान स्थलमा विद्यार्थी नेता चेतन एडीको हत्या गरेको आरोप सहित अनेरास्ववियु सदरमुकाम मार्तडीमा आन्दोलित छ ।

हत्यामा संलग्नलाई नियन्त्रणमा लिई तत्काल घटनाको छानबिन गरी दोषीलाई कारबाहीको माग सहित अनेरास्ववियुले आन्दोलन सुरु गरेपछि दिनभर मार्तडीमा निकै तनावग्रस्त बनेको हो । मृतक एडी अनेरास्ववियुका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम विश्वविद्यालय कमिटीका अध्यक्ष र बाजुरा क्याम्पसका स्ववियु सभापति हुनु हुन्थ्यो । 

अयडीको सामूहिक आक्रमण गरी हत्या गर्ने कार्यमा संलग्नलाई नियन्त्रण नलिएसम्म आन्दोलन जारी राख्ने अनेरास्ववियु बाजुराले जनाएको छ । आज सदरमुकाम मार्तडी लगायतका बाजुराका अधिकांश बजार बन्द गरेर आन्दोलनमा उत्रिएको अनेरास्ववियुले बाजुराको प्रहरी प्रशासनको चरम लापरबाहीले घटना भएको आरोप लगाउँदै आएको छ । 

त्रिवेणी नगरपालिका–७ नाटेश्वरी आधारभूत विद्यालयको मतदान केन्द्रमा फर्जिमतका विषयमा झडप भएको थियो । प्रहरीले चलाएको गोली छातीमा गोली लागेपछि नेपाली काँग्रेसका सक्रिय कार्यकर्ता सञ्जीव अयडीको घटना स्थलमै मृत्यु भएको स्थानीय बताएका छन् ।

त्यही भीड चेतन एडीलाई आक्रमण गरेर घाइते भएपछि आइतबार राती १० बजे बयलगडा अस्पतालमा पु¥याएको केही समयपछि डाक्टरले मृत्यु भएको घोषणा गरेका थिए । प्रतिनिधि तथा प्रदेश सभा सदस्यको हिजो भएको निर्वाचनमा त्रिवेणी नगरपालिका ७ का २ जनाले ज्यान गुमाएको र दर्जनौँ भन्दा बढी घाइते भएका छन् । 

घाइते हुनेमा एक जना प्रहरी हवल्दार कृष्ण कुँवर सहित अन्य दर्जनौँ घाइते भएको स्थानीय दिनेश सार्कीले बताउनुभयो । घटनामा परेर मृतक भएका दुवैको पोस्टमार्टमका लागि आज जिल्ला अस्पताल बाजुरामा लिने स्थानीय बताएका छन् ।

मतपेटिका अवस्था 

जिल्लामा मतपेटिका कति आइपुगे कति आएको छैन, भन्ने विषयमा अझैँ अन्योल छ । जिल्ला प्रशासन, प्रहरी कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क गर्दा फोन रिसिभ नै भएको छैन ।

जिल्लाका विभिन्न स्थानीय तहबाट मतपेटिका सदरमुकाम मार्तडीमा आउने गरेको र यता जिल्लामा बिहानै देखि तनावग्रस्त भएपनि यती बेला मार्तडीवासी निकै त्रसित बनेका छन् ।