• ११ मंसिर २०८१, मङ्गलबार

अछाम–१ मा मतगणना सुरु

blog

अछाम क्षेत्र नं. १ को मतगणना सुरु । शिवराज ढुंगाना

शिवराज ढुंगाना
अछाम, मङ्सिर ५ गते ।
प्रतिनिधिसभातर्फ अछाम क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालय साँफेबगरमा सम्पन्न सर्वदलीय बैठकपछि मतगणना सुरु गरिएको हो ।

प्रतिनिधि सभाको प्रत्यक्षतर्फको रामारोशन गाउँपालिका–१ र चौरपाटी गाउँपालिका–१ मा मतपेटिकाबाट मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालय साँफेबगरले जानकारी दिएको छ । प्रतिनिधिसभा अछाम क्षेत्र नम्बर १ मा ४१ हजार ४८५ मत खसेका छन् ।

प्रतिनिधिसभाको अछाम–१ मा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा श्रम तथा रोजगार मन्त्री शेरबहादुर कुँवर, नेकपा (एमाले) बाट केन्द्रीय सदस्य झपटबहादुर बोहरा, हाम्रो नेपाली पार्टीबाट तेजप्रसाद शर्मा, स्वतन्त्रबाट राजन कुँवर र हिक्मत कुँवर उम्मेदवार हुनुहुन्छ ।