• १२ साउन २०८१, शनिबार

राप्रपा अध्यक्ष लिङ्देनद्वारा मतदान

blog

विष्णुप्रसाद पोखरेल

दमक, मंसिर ४ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गर्नुभएको छ । उहाँले आफ्नै निर्वाचन क्षेत्रको हल्दिबारी –१ स्थित गोल्धाप मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । उहाँ झापा क्षेत्र नं. ३ को प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहनु भएको छ ।

मतदान गर्नुअघि लिङ्देन स्थानीय सिंहदेवी धार्मिकस्थल पुग्नुभएको थियो । त्यहाँ पूजाआजा र सिंहदेवीको दर्शनपछि मतदानस्थल आएर उहाँले मतदान गर्नुभएको हो । मतदान गर्दै यो निर्वाचन जनता र देशको भविष्यसँग जोडिएको उहाँले बताउनुभयो ।