• १२ साउन २०८१, शनिबार

सत्ता गठबन्धनको चुनावी सभालाई लक्षित गरेर भोजपुरमा बम विस्फोट

blog

साङ्केतिक तस्बिर ।

काठमाडौं, कात्तिक ३० गते । भोजपुरमा सत्ता गठबन्धनको चुनावी सभालाई लक्षित गरी बम विस्फोट भएको छ। 

भोजपुरको पौवादुङमा गाउँपालिका–२ को तिवारी भन्ज्याङमा बम विस्फोट भएको  हो। सत्ता गठबन्धनको चुनावी सभालाई लक्षित गरी बम विस्फोट भएको हो। 

उक्त कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका शीर्ष नेता सहभागी हुने कार्यक्रम छ। 

जिल्ला प्रशासन कार्यालय, भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले गठबन्धनको आमसभा स्थलभन्दा करिब ४० मिटर टाढा सडक छेउमा टिफिनमा राखिएको अवस्थामा फेला परेको जानकारी दिनुभयो। यद्यपि, सभास्थलमा शीर्ष नेताहरू आइनपुग्नुभएको उहाँले बताउनुभयो। 

उहाँले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सदस्य सुमन श्रेष्ठले रातो झोलामा टिफिनभित्र मोबाइलमा फिट गरेको बम विस्फोट भएको हो। उक्त विस्फोट भएर उहाँको आफ्नै पिँडुलामा चोट लागेको प्रजिअ घिमिरेले जानकारी दिनुभयो। 

उहाँका अनुसार विप्लव सदस्य श्रेष्ठ अहिले प्रहरी नियन्त्रणमा हुनुहुन्छ। उक्त स्थान केही पर नेकपा (एमाले)को पनि चुनावी सभाको आयोजना गरिएको छ।