• १२ असार २०८१, बुधबार

जङ्गली हात्ती मृत फेला

blog

फाइल तस्बिर

विष्णुप्रसाद पोखरेल

दमक, कात्तिक ३० गते । झापाको कचनकवलमा बुधबार बिहान एउटा जङ्गली हात्ती मृत फेला परेको छ । कचनकवल –१ घेरावारीमा दारा नभएको एउटा जङ्गली हात्ती मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जलथल जङ्गलदेखि करिब दुई किलोमिटर दक्षिण गङ्गा दाहालको धानखेतमा वयस्क हात्ती मरेको अवस्थामा भेटिएपछि स्थानीयले प्रहरी तथा वन कार्यालयमा खबर गरेका थिए । वयस्क हात्तीको दारा नरहेको अवस्थामा भेटिएको कचनकवल –१ का वडाध्यक्ष महावीर लिम्बू रञ्जितले बताउनुभयो । 

हात्तीको शरीरमा चोट पटक नदेखिएको प्रहरीको भनाइ छ । डिभिजन वन कार्यालय झापाका अनुसार हात्तीको पोष्टमार्टम गरिएको र घटनाबारे अनुसन्धान सुरु भएको छ । केही समय यता जङ्गली हात्तीको आक्रमण बढेसँगै हात्तीमाथि पनि आक्रमण हुँदैआएको छ ।