• २० मंसिर २०७९, मङ्गलबार

दैनिक चार सयले लगाउँछन् टेकुमा रेबिजविरुद्धको खोप

blog

काठमाडौं, कात्तिक २६ गते । टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक चार सयको हाराहारीमा रेबिजविरुद्धको खोप लगाउने गरेका छन् । अस्पतालका सूचना अधिकृत नवराज गौतमका अनुसार अस्पतालले वार्षिक एक लाख १० हजारको हाराहारीमा रेबिजविरुद्धको खोप लगाउने गरेका छन् । 

अधिकृत गौतमका अनुसार अस्पतालमा निःशुल्क रेबिजविरुद्धको खोप लगाइन्छ । उहाँले भन्नुभयो, “निजी अस्पताल तथा मेडिकलमा एक डोजलाई १५ सय, तीन हजार तिरेर लगाएको गुनासो गर्ने गर्दछन्, हाम्रो अस्पतालमा १७० रुपियाँको टिकट काटेपछि निःशुल्क रूपमा रेबिजविरुद्धको खोप लगाउनेगरेका छौँ ।”

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार छालामुनि लगाउने खोप तीन पटक लगाउनुपर्छ । जुन खोप अस्पतालमा तालिमप्राप्त स्वास्थ्यकर्मीले लगाइदिने गर्छन् । अर्को खोप मासुमुनि लगाउने खोप चार पटक लगाउनुपर्छ ।

२४ घण्टा ओपिडीमा सुई लगाउने भएकाले बिदाको भोलिपल्ट बाहेक अन्य दिन अस्पतालमा भीड नहुने उहाँको भनाइ छ ।  विश्व स्वास्थ्य सङ्गठनको सिफारिसअनुसार रेबिजविरुद्धको खोप छालामुनि र मासुमुनि लगाउन मिल्छ । 

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार छालामुनि लगाउने खोप तीन पटक लगाउनुपर्छ । जुन खोप अस्पतालमा तालिमप्राप्त स्वास्थ्यकर्मीले लगाइदिने गर्छन् । अर्को खोप मासुमुनि लगाउने खोप चार पटक लगाउनुपर्छ । यो खोप फार्मेसीहरू र अस्पतालमा पनि सजिलै उपलब्ध हुन्छ । खोप लगाउँदा पहिलो दिन ७, २१, २८ दिन गरेर चार पटक लगाउन मिल्छ ।

नेपाल सरकारले सरकारी अस्पतालमा रेबिजविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदैआएको छ । तर, जनावरले टोकेपछि टिटि खोप मात्र लगाएर घरमा बस्दा ज्यानै जान सक्ने चिकित्सकको भनाइ छ ।  

डा.पुनका अनुसार खोप निःशुल्क प्राप्त भए पनि खोप कतिबेला र किन प्रयोग गर्ने भन्ने विषयमा जानकारी नभएर धेरैको मृत्यु हुनेगरेको छ । चिकित्सकका अनुसार जनावरलाई छुँदा अथवा घाउ नभएको ठाउँमा जनावरले चाट्दैमा रेबिजविरुद्धको सुई लगाउनु पर्दैन । यदि कुकुर, बिरालो अथवा अन्य जङ्गली जनावरले टोकेमा चिथोरेमा वा घाउमा चाटेका ठाउँमा (घर पालुवा जनावर नै किन नहोस्) जतिसक्दो चाँडो रेबिजविरुद्धको खोप लगाउन चिकित्सकको सुझाव छ । 

नेपाल सरकारले सरकारी अस्पतालमा रेबिजविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदैआएको छ । तर, जनावरले टोकेपछि टिटि खोप मात्र लगाएर घरमा बस्दा ज्यानै जान सक्ने चिकित्सकको भनाइ छ ।  

के हो रेबिज ?

सरुवा रोग विशेषज्ञ डा. पुनले रेबिज भाइरसका कारणले रेबिज रोग लाग्ने बताउनुभयो । रेबिज भएका कुकुर, स्याल, लगायतका जङ्गली जनावरको टोकाइबाट लाग्ने गर्छ । रेबिज रोग लागेको जनावरले टोकेको अवस्थामा र्‍यालको माध्यमबाट, घाउ, चोटपटक लागेको छालामा चाटेमा वा र्‍याल पर्न गएमा रेबिज सर्ने डा. पुनले बताउनुभयो ।  

रेबिजका लक्षण 

रेबिज भएका जनावरले टोकेमा वा रेबिज लागेको एकदेखि तीन महिनामा रेबिजका लक्षणहरू देखिने गर्छ । कुकुरले टोकेको सुरुवाती चरणमा लक्षण नदेखिने डा. पुनको भनाइ छ ।   

डब्लुएचओका अनुसार नेपालको लगभग आधा जनसंख्या रेबिजको उच्च जोखिममा छन् । 

चिकित्सकका अनुसार मानिसअनुसार लक्षण फरक–फरक देखिने गर्छन् । सुरुवाती चरणमा हल्का ज्वरो आउने, शरीर दुख्ने, झमझमाउने गर्छ । ढाड दुख्ने, शरीरको तल्लो भाग दुख्ने, बिस्तारै हावा र पानीसँग डर लाग्ने, छटपटी हुने, आक्रामक हुनेजस्ता लक्षण देखिने गर्छ ।  कुनै–कुनै रेबिज लागेका बिरामी अस्पतालका सामान तोडफोड गर्ने, समाल्नै नसक्ने आक्रामक हुन्छन् । रेबिजको लक्षण देखिएको पाँच–छ दिनमा मानिसको मृत्यु हुने चिकित्सक बताउँछन् । 

यस्तो छ तथ्याङ्क 

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का अनुसार करिब ९९ प्रतिशत मानिसमा लाग्ने रेबिज सङ्क्रमित कुकुरको टोकाइबाट लाग्ने गर्छ । नेपालमा हरेक वर्ष एक सय जना नयाँ रेबिजका बिरामी देखिन्छन् । डब्लुएचओका अनुसार नेपालको लगभग आधा जनसङ्ख्या रेबिजको उच्च जोखिममा छन् । 

एक चौथाइ जनसङ्ख्यामा मध्यम जोखिम देखिन्छ । हरेक वर्ष विश्वमा रेबिजको कारणले लगभग ६० हजार मानिसको मृत्यु हुनेगरेको छ । ३७ लाख मानिस रेबिजका कारण अशक्त हुनेगरेको डब्लूएचओले जनाएको छ । 

हरेक वर्ष विश्वमा रेबिजको कारणले लगभग ६० हजार मानिसको मृत्यु हुनेगरेको छ । ३७ लाख मानिस रेबिजका कारण अशक्त हुनेगरेको डब्लूएचओले जनाएको छ । 

मृत्यु र अशक्त हुनेमध्ये ४५ प्रतिशत एसियाली मुलुकका रहेका छन् । रेबिजबाट बढी बालबालिका प्रभावित हुनेगरेका छन् । डब्लूएचओका अनुसार रेबिज लागेकामध्ये ४ देखि १५ वर्ष मुनिका बालबालिका हुनेगरेका छन् । स्वास्थ्य सेवा विभागले निकालेको वार्षिक प्रतिवेदमा नेपालमा करिब आधा जति जनसङ्ख्या रेबिजको उच्च र एक चौथाइ जनसङ्ख्या मध्यम जोखिममा छन् । रेबिजको समस्या सबैभन्दा बढी तराइमा, पहाडी जिल्लामा मध्यम रहेको छ । चिकित्सकका अनुसार हिमाली क्षेत्रमा रेबिजको कम जोखिम रहेको छ ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।