• १३ असोज २०८१, आइतबार

सहज जितसँगै इङ्ग्ल्यान्ड फाइनलमा

blog

एडिलेड (अस्ट्रेलिया), कात्तिक २५ गते। प्रारम्भिक ब्याट्सम्यानद्वय जस बट्लर र एलेक्स हेल्सले शानदार ब्याटिङ गरेपछि इङ्ग्ल्यान्डले बिहीबार भारतलाई एकपक्षीय खेलमा १० विकेटले हराएर विश्वकप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ। 

इङ्ग्ल्यान्डले आइतबार हुने उपाधि भिडन्तमा पाकिस्तानको सामना गर्नेछ। सो खेल खेल्दा इङ्ग्ल्यान्ड र पाकिस्तान दुवै दोस्रो पटक विश्वकप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जित्ने दाउमा हुनेछन्। पाकिस्तानले सन् २००९ मा र इङ्ग्ल्यान्डले सन् २०१० मा विश्वकपको उपाधि हात पारेको थियो। 

गत महिना मात्र यी दुई टिमले विश्वकपकै तयारीस्वरूप एक–अर्काविरुद्ध सात खेलको टी–२० शृङ्खला खेलेका थिए। पाकिस्तानमा भएको सो शृङ्खला भ्रमणकारी टिम इङ्ग्ल्यान्डले ४–३ ले जितेको थियो। टस हारेपछि पहिले ब्याटिङ गरेको भारतले छ विकेटको क्षतिमा १६८ रन बनाएको थियो। हेल्सले ४७ बलमा ८६ र बट्लरले ४९ बलमा ८० रनको अविजित पालि खेलेपछि इङ्ग्ल्यान्डले २४ बल बाँकी छँदै जित हात पा-यो इङ्ग्ल्यान्डले १६औँ ओभरमा बिनाविकेटको क्षतिमा १७० रन बनाएर जित हात पा-यो। 

बट्लर र हेल्सले मिलेर ९६ बलमा १७० रनको साझेदारी गरी एडिलेडमा उपस्थिति ४० हजार भारतीय समर्थकलाई स्तब्ध पार्नुभयो। टी–२० क्रिकेटमा इङ्ग्ल्यान्डको यो प्रारम्भिक विकेटका लागि सर्वाधिक साझेदारी भएको छ। यसैगरी विश्वकपमा कुनै पनि विकेटका लागि इङ्ग्ल्यान्डको यो सर्वश्रेष्ठ साझेदारी हो। हेल्स तीन वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कनुभएको हो। उहाँ नै म्यान अफ दि म्याच घोषित हुनुभयो।

हेल्स र बट्लरले मिलेर कुल १० छक्का र १३ चौका प्रहार गरी भारतीय बलरलाई धराशायी बनाउनुभएको थियो। यी दुईको विस्फोटक ब्याटिङका कारण भारतका प्रमुख बलरहरू भुवनेश्वर कुमारले दुई ओभरमा २५, मोहम्मद सामीले तीन ओभरमा ३९ र रविचन्द्रण अश्विनले दुई ओभरमा २७ रन खर्चनुभयो।

यसअघि हार्दिक पाण्ड्याले ३३ बलमा बनाएको ६३ रनको सहयोगमा भारतले चुनौतीपूर्ण स्कोर बनाउनुभएको थियो। केएल राहुल क्रिस वोक्सको बलिङमा पाँच रनमै आउट भएपछि भारत समस्यामा परेको थियो। अर्का प्रारम्भिक ब्याट्सम्यान तथा कप्तान रोहित शर्माले पनि २८ बलमा २७ रनको सुस्त पालि खेल्नुभयो। लयमा रहको सूर्यकुमार यादवको ब्याटबाट पनि १४ रन मात्र बन्यो।  भारतको पालि विराट कोहली र हार्दिकको ब्याटिङले मात्र राम्रो भएको हो। कोहलीले ४० बलमा ५० रनको पालि खेल्नुभयो। कोहली टी–२० क्रिकेटमा चार हजार रन पूरा गर्ने विश्वका पहिलो ब्याट्सम्यान पनि बन्नुभएको छ।

भारतको पालिमा लेग स्पीनर आदिल रसिनले चार ओभरमा २० रन खर्ची एक विकेट लिएर सटिक बलिङ गर्नुभयो। मार्क उड घाइते भएपछि टिममा परेका क्रिस जोर्डनले ४३ रनमा तीन विकेट हासिल गर्नुभयो। भारतका कप्तान रोहित शर्माले यस हारले एकदम निराश छु, भन्नुभयो। हामी नर्भस भयौँ भने इङ्ग्ल्यान्डले निकै राम्रो क्रिकेट खेल्यो, रोहितको भनाइ छ। एपी