• १३ साउन २०८१, आइतबार

जिप दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते

blog

हेलिकोप्टरबाट घाइतेहरुको उद्धार गरिदै । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, कात्तिक २३ गते । बुधबार नाम्खा गाउँपालिका –५ यारीको बुका पाल्वाङमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते हुनुभएको छ । सिमकोटबाट यारीका लागि गएको बा. १८ च १४१७ नम्बरको बोलेरो जिप बिहान करिब ११ बजेको समयमा दुर्घटना भएको थियो ।

प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले बुका पाल्बाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु र चालकसहित दुई जता घाइते भएको बताउनुभयो । दुर्घटनामा परी मृत्यु हुनेमा नाम्खा गाउँपालिका –५ यारी गाउँका २८ वर्षीय कुुङ्गा तान्जेन लामा रहेको बताउनुभयो । 

तामाङको घटनास्थलमै मृत्यु भएको हो । त्यसैगरी दुई जना घाइते हुनेमा नाम्खा गाउँपालिका –५ यारी गाउँका ३१ वर्षीय जिग्मे तामाङ, चालक नाम्खा गाउँपालिका –१ हेक्पा गाउँका २२ वर्षीय कुन्जोक लामा रहनुभएको छ । 

चालक लामा सामान्य घाइते हुनुभएको प्रहरीको भनाइ छ । स्टेरिङ फेल भएपछि सडकबाट तीन सय मिटर तल जिप खसेको प्रहरीले जनाएको छ । घाइते भए पनि चालक लामाले प्रहरी चौकी यारीलाई घटनाबारे जानकारी गराएपछि छ जना प्रहरी उद्धारका लागि घटनास्थल पुगेको उहाँले बताउनुभयो । घाइते दुवै जनालाई उपचारका लागि हेलिकोप्टरबाट सदरमुकाम सिमकोट जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।