• १२ मंसिर २०८१, बुधबार

बागी उम्मेदवारी निष्क्रिय पार्न निर्देशन

blog

काठमाडौँ, कात्तिक १९ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले काठमाडौँ क्षेत्र नम्बर ३ मा गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिनुभएका बद्रीप्रसाद बजगाईंलाई उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको छ। प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गराएका बजगाईंलाई उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिइएको पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयो। 

माओवादी केन्द्रले प्रदेश सभाअन्तर्गत ३ (१)मा बागी उम्मेदवारी दिएका कपिलमुनि उप्रेतीलाई पनि उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको छ। सचिव ढकालले बागी उम्मेदवार बजगाईं र उप्रेतीलाई उम्मेदवारी निष्क्रिय पारेर गठबन्धनका उम्मेदवारलाई सहयोग गर्न निर्देशन गरिएको बताउनुभयो।