• १२ साउन २०८१, शनिबार

कनकाई नगरले किन्यो विद्युतीय बाइक

blog

नगरपालिकाले खरिद गरेको विद्युतीय मोटरसाइकल चलाउँदै कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेल । तस्बिर: गोरखापत्र

बिर्तामोड, कात्तिक १७ गते । झापाको कनकाई नगरपालिकाले दुई थान विद्युतीय दुईपाङ्ग्रे सवारी साधन खरिद गरेको छ । 

पेट्रोलियम पदार्थ मूल्यवृद्धिसँगै खपत कम गरी खर्च गर्ने उद्देश्यले विद्युतीय सवारी खरिद अभियानको सुरुवात गरेको नगरपालिकाले जनाएको छ । नगरवासीलाई  पेट्रोलियम पदार्थको कम खपत गर्न सन्देश दिँदै नगरपालिकाले खरिद गरेको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो । 

हाल विद्युत् उत्पादनमा नेपाल आत्मनिर्भर भए पनि उक्त विद्युतलाई सवारी साधनमा समय अनुकूल प्रयोग हुन नसक्दा अन्य देशबाट ल्याइने सवारी इन्धनको आयात नघटेको भन्दै विद्युतीय सवारीसाधन प्रयोग बढाउनुपर्ने पोखरेलले बताउनुभयो । 

देसलाई चाहिने आवश्यक इन्धन विदेशबाट आयात हुँदा राज्यलाई बर्सेनि अर्बाैं नोक्सान बेहोर्नुपरेकाले यसलाई रोक्न प्रत्येक नागरिक स्तरबाट सजग रहनुपर्ने  पोखरेको सुझाव छ । यसबाट वातावरणमा पर्ने असरबाट समेत नगरलाई जोगाउने सकिने उहाँले बताउनुभयो । 

विद्युतीय सवारीसाधनको कनकाई नगरले परीक्षणको रूपमा पहिलो पटक दुई वटा सवारी खरिद गरे सँगै नगरपालिकाले नगरभित्र चार्जिङ स्टेसन निर्माण गर्ने तयारी सुरु गरेको छ ।