• २५ वैशाख २०८१, मङ्गलबार

एकीकृत समाजवादीले सोमबार घोषणापत्र सार्वजनिक गर्ने

blog

फाइल तस्बिर

काठमाडौं, कात्तिक १३ गते। सत्तारुढ नेकपा (एकीकृत समाजवादी) पार्टीले सोमबार निर्वाचनको घोषणापत्र सार्वजनिक गर्ने भएको छ।

समाजवादीका महासचिव डा. वेदुराम भुषालले मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन- २०७९ का सन्दर्भमा पार्टीको नीतिगत प्रतिबद्धतासहित घोषणापत्र सार्वजनिक हुने जानकारी दिनुभयो।

समाजवादीले काठमाडौंको मीनभवनस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजे घोषणापत्र सार्वजनिक हुनेछ।