काठमाडौं, कात्तिक १२ गते । नेपाल जुडो सङ्घले विविध कार्यक्रम आयोजना गरी शनिबार विश्व जुडो दिवस मनाएको छ । खुशीबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमा खेलाडीले जुडोको प्रदर्शनी खेलसँगै चियापान कार्यक्रम आयोजना गरी जुडो विश्व दिवस मनाएका हुन् ।
उक्त अवसरमा जुडोका राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी, नेपाल जुडो सङ्घका पदाधिकारी, डोजाङ र विभागीय टिमका खेलाडी, विदेशी पाहुना, प्रशिक्षकलगायतको उपस्थिति रहेको सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जानकारी दिनुभयो ।