काठमाडौं, कात्तिक ९ गते । गण्डकी प्रदेशमा हालै सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भई पदक जित्न सफल धादिङ जिल्लाका खेलाडी नगद पुरस्कारसहित सम्मानित भएका छन् ।
धादिङमा भएको अन्तरपालिका टी-२० क्रिकेट प्रतियोगिताको समापन समारोहमा नवौंका पदक विजेता यहाँका १३ खेलाडीलाई जिल्ला क्रिकेट सङ्घ धादिङले जनही पाँच हजार रुपियाँ र सम्मान पत्रबाट सम्मान गरेको हो ।
सम्मानित हुने खेलाडीहरुमा विभाग र प्रदेशबाट सहभागी खेलाडी छन् । सम्मानित हुने खेलाडीहरुमा एथलेटिक्समा दुई स्वर्ण विजेता सन्तोषी श्रेष्ठ र स्वर्ण विजेता दीपक अधिकारी, बक्सिङमा स्वर्ण विजेता गणेश प्रधान, दीपक श्रेष्ठ र आशिष दुवाडी, ट्रायथलनमा स्वर्ण विजेता सोनी गुरुङ र ह्यान्डबलमा स्वर्ण विजेता सम्झना कुमाल हुनुहुन्छ ।
गसैगरी सम्मानित हुनेहरुमा तेक्वान्दोमा रजत विजेता रामकुमार पोखरेल, बक्सिङमा रजत विजेता लालु आलेमगर, भलिबलमा रजत विजेता शरण सामरी, साइक्लिङमा कांस्य विजेता लक्ष्मण मल्ल, कुस्तीमा कांस्य विजेता कोपिला मगर र फुलकन्ट्याक करातेमा कांस्य विजेता एकता कुमाल छन् ।