• ११ असोज २०८१, शुक्रबार

पुल निर्माण भएपछि घण्टौँ हिँड्नुपर्ने बाध्यताको अन्त्य

blog

निर्माण भएको झोलुङ्गे पुल । तस्बिर: रमेश विश्वकर्मा

गुल्मी, कात्तिक ८ गते । गुल्मी जिल्लाको पश्चिमी ग्रामीण भेगमा पर्ने मादने गाउँपालिका वडा नं. १ सङ्ग्रेङ्ग खोलामा निर्माण भएको झोलुङ्गे पुल हो । यो झोलुङ्गे पुलले साबिक अग्लुङ्ग गाविसको वडा नं. ४ धारा धनुबस्ने र वडा नं. ९ ओख्ले दहको जुकेपानीलाई जोडेको छ । 

पुल निर्माण भएपछि आवतजावतमा निकै सहज भएको स्थानीयहरू बताउँछन् । झन्डै दुई घण्टा भन्दा बढी समय हिँडेर निपाने देखी अग्लुङ्ग माध्यमिक विद्यालयमा अध्ययनका लागि विद्यार्थी आउनुपर्थ्यो । त्यस्तै यो निर्माण नहुँदासम्म ओख्लेदहबाट पनि यस विद्यालयमा अध्ययन गर्न जाने विद्यार्थी झन्डै एक घण्टा भन्दा बढी समय हिँडेर जानुपर्थ्यो । यो पुल निर्माण भएपछि विशेष गरी सर्वसाधारण र विद्यार्थीहरूलाई विद्यालयमा जान निकै सहज भएको छ । यो झोलुङ्गे पुलको जम्मा लागत १५ लाख ९१ हजार ५७४ रुपियाँ रहेको छ । २०६७ असार ०१ गते निर्माण कार्य सकिएको हो ।

Author

रमेश विश्वकर्मा