• ११ असोज २०८१, शुक्रबार

फर्निचर उद्योगमा लागेको आगो सात घण्टापछि नियन्त्रण

blog

आगलागीबाट क्षति भएका फर्निचर उद्योगहरू । तस्बिर : लीलाधर वली

घोराही,कात्तिक ८ गते । दाङको घोराहीमा फर्निचर उद्योगमा लागेको आगो आठ घण्टापछि नियन्त्रणमा आएको छ । घोराही उपमहानगरपालिका – १५ स्थित उमेश मार्गमा रहेका तीन वटा फर्निचर उद्योगसँगै एउटा खाजा घरमा राति साढे १२ बजेदेखि लागेको आगलागी बिहान साढे सात बजेतिर नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएको छ । 

आगलागीका कारण उमेश मार्गमा रहेका न्यु दाजुभाइ फर्निचर उद्योग, दाजुभाइ फर्निचर उद्योग र स्टार फर्निचर उद्योगसँगै एक खाजा घरमा पनि क्षति भएको घोराही उपमहानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेयले जानकारी दिनुभएको छ । वडा अध्यक्ष पाण्डेका अनुसार आगलागीका कारण ३ वटा फर्निचर उद्योग पूर्ण रूपमा र अन्य दुई वटा पसल आंशिक रूपमा क्षति भएको बताउनुभयो । 

आगो नियन्त्रणका लागि घोराही उपमहानगरपालिकाको दमकलसँगै तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिका गरी तीन वटा दमकलसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालक गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । अनुमानित सात करोड बढीको क्षति भएको पीडित व्यवसायीहरूले बताएका छन् । प्रहरीले भने आगलागीको वास्तविक क्षतिको विवरण सङ्कलन भइरहेको जनाएको छ ।   

Author

लीलाधर वली