शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
पोखरा, कात्तिक ३ गते। नवौं राष्ट्रिय खेलकुदको समापन समारोह पोखरा रंगशालामा सुरु भएको छ। अन्तिम स्पर्धा पुरुष फुटबल अन्तर्गत नेपाल एपीएफ क्लब टाइब्रेकमा च्याम्पियन बने लगत्तै समापन समारोह सुरु भएको हो। फाइनलमा विभागीय टोली त्रिभुवन आर्मीलाई र नेपाल एपीएफ क्लबले टाइब्रेकमार ६-५ ले पराजित गरेको हो।
समापन कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा केही समयअघि पोखरा रङ्गशाला पुगिसक्नुभएको छ। समापनमा खेलाडीको मार्चपास, विभिन्न सांस्कृतिक झाँकीसहित कलाकारले आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको छ।