• १२ साउन २०८१, शनिबार

महिला बास्केटबलमा सेनाको विजयी सुरुवात

blog

बास्केटबलमा प्रतिस्पर्धा गर्दै महिला सेना र मधेश प्रदेशका खेलाडी । तस्बिर : अमरराज नहर्की

गोरखापत्र समाचारदाता

तनहुँ, असोज २९ गते । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत तनहुँमा राष्ट्रिय महिला बास्केटबल प्रतियोगिता सुरु भएको छ । 

व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयको कोर्टमा भएको प्रतियोगिताको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले शुक्रबार उद्घाटन गर्नुभयो । 

उद्घाटन खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई ७१-१३ अङ्कले हराएको छ । प्रतियोगितामा महिला बास्केटबल तर्फ ५ प्रदेश र एक विभागीय टिम नेपाली सेनासहित ६ टिम र थ्रि एक्स थ्री मा ८ टिमको सहभागिता छ ।