• २० वैशाख २०८१, बिहिबार

पौडीको ५० मिटर बटरफ्लाईमा तेन्जिङलाई स्वर्ण

blog

५० मिटर बटरफ्लाईमा पदक विजेता खेलाडी । तस्बिर : गोरखापत्र

काठमाडौं, असोज २९ गते । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडीको ५० मिटर बटरफ्लाईमा एपीएफ क्लबका तेन्जिङ नामडोल रायन गुरुङले स्वर्णपदक जित्नुभएको छ ।

पोखरास्थित फिस्टेल एकेडेमीको पौडी पोखरीमा शनिबार भएको खेलमा तेन्जिङले निर्धारित दूरी २७.५६ सेकेन्डमा पार गर्दै स्वर्ण जित्नुभएको हो ।

एपीएफकै अजल काजी ताम्राकारले २७.६७ सेकेन्डको समय निकाल्दै रजत र आर्मीका अनुभव सुब्बाले २७.६९ सेकेन्डमा दूरी पार गर्दै कांस्य जित्नुभयो ।