• २१ वैशाख २०८१, शुक्रबार

डाउनहिल साइक्लिङको दुवै स्वर्ण आर्मीको पोल्टामा

blog

साइक्लिङको डाउनहिल विधामा पदक विजेता खेलाडी । तस्बिर : गोरखापत्र

काठमाडौं, असोज २९ गते । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत साइक्लिङको डाउनहिल विधामा पुरुष र महिला दुवैतर्फ स्वर्ण त्रिभुवन आर्मी क्लबले जितेको छ ।

शनिबार भएको १४ सय मिटर दूरीको डाउनहिल खेलमा पुरुषतर्फ आर्मीका राजेश मगरले १ मिनेट ४९‍.१० सेकेन्डमा पूरा गर्नुभयो । बागमती प्रदेशका निरभ श्रेष्ठले १ मिनेट ५२.१० सेकेन्डमा दूरी पूरा गर्दै रजत र एपीएफ क्लबका प्रचित थापामगरले १ मिनेट ५५.६९ सेकेन्डमा दूरी पार गर्दै कांस्य जित्नुभयो । 

महिलातर्फ आर्मीकी निस्मा श्रेष्ठले २ मिनेट २३.५८ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण, आर्मीकै उसा खनालले २ मिनेट ३७.४५ सेकेन्डमा दूरी पूरा गर्दै रजत र गण्डकी प्रदेशकी जमुना थापाले २ मिनेट ४०.०९ मा दूरी पार गर्दै कांस्य जित्नुभयो । 

साइक्लिङमा सात प्रदेश र तीन विभागीय गरी १० टोलीको सहभागिता छ । सहभागी खेलाडीले डाउनहिल, क्रसकन्ट्री, रोड रेस, इन्डीभिजुअल टाइम ट्रायल र रोड रेस मासस्टार्ट विधामा प्रतिस्पर्धा गर्नेछन् । आइतबार क्रसकन्ट्री स्पर्धा हुनेछ ।