• २१ वैशाख २०८१, शुक्रबार

गल्फमा सुवासलाई स्वर्ण

blog

सुवास तामाङ । फाइल तस्बिर

काठमाडौं, असोज २९ गते । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत गल्फ खेलमा पुरुष एकलतर्फको स्वर्ण त्रिभुवन आर्मी क्बलका सुवास तामाङले जित्नुभएको छ । 

पोखरा स्थित पार ६९ को हिमालयन गल्फक कोर्समा शनिबार सम्पन्न खेलमा पुरुष एकलमा बागमती प्रदेशका सद्भाव आचार्यले रजत र प्रदेश १ का युवराज भुजेलले कांस्य पदक जित्नुभएको छ । 

गल्फमा बागमतीले महिला एकलतर्फ, पुरुष र महिला टिम स्पर्धामा स्वर्ण जितेको छ । गल्फमा पुरुषमा पाँच र महिलामा चार टोलीको सहभागिता रहेको थियो ।