• २१ वैशाख २०८१, शुक्रबार

हक्की : आर्मी र सुदूरपश्चिम विजयी

blog

काठमाडौं, असोज २९ गते । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला हक्कीमा त्रिभूवन आर्मी क्लबले लगातार दोस्रो जित निकालेको छ । महिलाको अर्को खेलमा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । 

पोखराको गण्डकी बोर्डिङ स्कुल लामौचौर मैदानमा शनिबार भएको खेलमा आर्मीले बागमती प्रदेशलाई ८–० ले हरायो । महिलातर्फको सुदूरपश्चिमले मधेश प्रदेशलाई १–० ले हरायो । सात टिम सहभागी रहेको प्रतियोगितामा दैनिक दुई खेल भइरहेका छन् ।