• २१ वैशाख २०८१, शुक्रबार

भलिबल : पुलिस क्वार्टरफाइनमा प्रवेश

blog

भबिलमा प्रतिस्पर्धा गर्दै पुलिस र लुम्बिनीका खेलाडी । तस्बिर : गोरखापत्र

अर्जुन काफ्ले 

स्याङ्जा, असोज २९ गते । नवौं राष्ट्रिय खेलकुदको पुरुष भलिबलमा पुलिस क्लब क्वार्टर फाइनलमा प्रवेश गरेको छ । समूहमा रहेको ‘ए’ को पुलिस लगातार दुई जित निकाल्दै समूह विजेता समेत बनेको छ । 

पुलिसले लुम्बिनी प्रदेशलाई २५–१२, २५–८,२५–२१ को सेटमा हरायो । क्वार्टरफाइनलमा पुलिसले समूह ‘सी’ को उपविजेतासँग खेल्नेछ । शनिबार नै भएको अर्को खेलमा विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी क्लबले पनि पहिलो जित निकालेका छन् । 

एपीएफले गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई ३–० को सोझो सेटमा हरायो । एपीएफले २५–१९, २५–१५, २५–१३ को जित निकालेको थियो । आर्मीले प्रदेश १ लाई ३–० को सोझो सेटमा हरायो । आर्मीले २५–१२, २५–१९, २५–२३ जित निकालेको हो । पुरुष भलिबलमा चार समूहमा ११ टिम सहभागी छन् ।