• २० वैशाख २०८१, बिहिबार

थ्री बाइ थ्री बास्केटबलमा बागमती र आर्मी विजयी

blog

गोरखापत्र समाचारदाता

पोखरा, असोज २९ गते । थ्री बाइ थ्री महिला बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मी र बागमती प्रदेशले जित हासिल गरेका छन् । शनिबार बिहान भएको खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई १४–७ अंकले पराजित गरेको हो । आर्मीको जितमा जेनिसा श्रेष्ठले आठ स्कोर गर्नुभयो ।

यस्तै, बागमती प्रदेशले मधेस प्रदेशलाई फराकिलो अन्तरसहित जित हासिल गरेको छ । खेलमा बागमतीले मधेस प्रदेशलाई १४–२ अंकले पराजित गरेको हो । बागमती प्रदेशको जितमा आस्था चौधरीले ८ अङ्क जोडेकी थिइन् ।