• २१ वैशाख २०८१, शुक्रबार

सरस्वतीलाई कीर्तिमानी स्वर्ण

blog

महिला एक सय मिटर दौडमा स्वर्ण जितेपछि सरस्वती चौधरी । तस्बिर : विकास द्वारे

काठमाडौं, असोज २९ गते । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको महिला एक सय मिटर दौडमा विभागीय टोली त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले राष्ट्रिय कीर्तिमानसहित स्वर्णपदक जित्नुभएको छ ।

पोखरा रङ्गशालामा शनिबार भएको खेलमा सरस्वतीले निर्धारित दूरी १२.१३ सेकेन्डमा पूरा गर्नुभयो । सरस्वतीले लुम्बिनीकी निशा चौधरीले हिट चरणमा बनाएको कीर्तिमान भङ्ग गर्नुभयो । निशाले १२.१५ सेकेन्डको समय निकाल्नुभएको थियो ।

यसअघि यस स्पर्धामा देवीमाया पनेरुको नाममा १२.१९ सेकेन्ड राष्ट्रिय कीर्तिमान थियो । हिट चरणमा कीर्तिमान बनाउनुभएकी निशाले १२.२२ सेकेन्डमा दौड सक्दै रजत जित्नुभयो । आर्मीकी रमिता थारुले १२.९२ सेकेन्डमा दौड सक्दै कांस्यपदक जित्नुभयो ।