• २४ वैशाख २०८१, सोमबार

एक सय मिटरमा शिवराजलाई स्वर्ण

blog

एक सय मिटर दौडमा स्वर्ण विजेता शिवराज पार्की । तस्बिर : विकार द्वारे

काठमाडौं, असोज २९ गते । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको एक सय मिटर पुरुष दौडमा एपीएफ क्लबका शिवराज पार्कीले स्वर्ण पदक जित्नुभएको छ । पोखरा रङ्गशालामा शनिबार बिहान भएको खेलमा शिवराजले निर्धारित दूरी १०.५६ सेमन्डमा पूरा गर्नुभयो ।

आर्मीका युवराज विकले रजत जित्नुभयो । उहाँले १०.५८ सेकेन्डमा दौड सक्नुभएको थियो । १०.७० सेकेन्डमा दौड सक्दै आर्मीकै डिल्ली भण्डारीले कांस्य जित्नुभयो ।