• १६ वैशाख २०८१, आइतबार

नवौंको कराँते रेफ्री छनोटमा महासंघको आपत्ति

blog

काठमाडौं, असोज २७ गते । नेपाल कराँते महासंघ र रेफ्री काउन्सिलले नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत कराँते खेलका लागि रेफ्री छनोटको विषयमा आपत्ति जनाएको छ ।

महासंघ र काउन्सिलले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नवौंमा विश्व कराँते महासंघको खेलको परिवर्तित नियम अपडेट भएका रेफ्रीहरूलाई पाखा लगाइएको आरोप समेत लगाएको छ । नवौँ अन्तर्गत कराँते २८ असोज देखि कार्तिकको ३ गतेसम्म पर्वतको  कुस्मामा सञ्चालन हुनेछ ।

प्रतियोगिताका लागि नवौँ राष्ट्रिय प्रतियोगिता सचिवालयको प्राविधिक उपसमितिले अन्तर्राष्ट्रिय रेफ्री  ३५ जना, राष्ट्रिय रेफ्री ३० र अन्य स्थानीय २५ जना गरी जम्मा ९० जना रेफ्री तय गरेको थियो ।