• १४ असार २०८१, शुक्रबार

नागरिकता बनाउनेको भीड

blog

चरीकोट समाचारदाता

चरीकोट, असोज २७ गते । जिल्ला प्रशासन कार्यालय दोलखामा नागरिकता बनाउनेको भीड बढेको छ । जिल्ला प्रशासन कार्यालय दोलखाका प्रशासकीय अधिकृत औलाखबहादुर आलेले नागरिकतामा रहेको विवरण धमिलो वा फोटो स्पष्ट नभएमा स्क्यानरले लिन मान्दैन त्यसैले नयाँभन्दा पनि प्रतिलिपि लिन आउनेको सङ्ख्या बढी भएको बताउनुभयो । अहिले दिनमा सयभन्दा बढी नागरिकता बनाउन आउने गरेको उहाँको भनाइ छ ।

दशैँ बिदापछि कार्यालय खुलेसँगै अन्य सरकारी कार्यालयमा भन्दा जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढ्ने गर्छ । चाडपर्व मनाउन बाहिरबाट घर आउने र यही समयलाई सदुपयोग गरेर नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका कागजात बनाउन आउने भएकाले चाप बढी हुने गरेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।