• १३ साउन २०८१, आइतबार

तीन बालबालिकाको मृत्यु

blog

सहदेव बस्नेत

जाजरकोट, असोज २४ गते । जाजरकोटमा अविरल वर्षाका कारण आएको पहिरो तथा चट्याङ्गमा परेर तीन जना बालबालिकाको मृत्यु भएको छ । लगातारको वर्षाले जुनिचाँदे १० सीर्पा गाउँमा गोठाला गएका एकाघरका दाजु बहिनीको मृत्यु भएको हो । 

मृत्यु हुनेमा स्थानीय जयबीर रोकायाका १४ वर्षीय छोरा तिलकबहादुर रोकाया र ११ बर्षीया दलाकुमारी रोकाया रहनुभएको छ । स्थानीय बिजय बस्नेतका अनुसार दाजु बहिनी बाख्रा चराउन जङ्गलमा गएको बेला माथिबाट पहिरो आई पुरिएको जानकारी दिनुभयो ।

जाजरकोटका प्रहरी प्रमुख डिएसपी सन्तोषकुमार निरौलाले २१ गते भएको घटनाको सञ्चार सम्पर्कका कारण हिजो मात्र प्रहरी घटनास्थल पुगेर आवश्यक प्रक्रिया पूरा गरेको बताउनुभयो । 

त्यस्तै, हिजो बेलुकाको चट्याङ्गमा परी जिल्लाको छेडागाड नगरपालिका १० खलटाकुराका टकवीर परियारका छोरा १३ वर्षीय राजु परियारको मृत्यु भएको छ ।