• १३ साउन २०८१, आइतबार

भीरबाट लडेर युवकको मृत्यु

blog

राजन रावत

हुुम्ला, असोज २० गते । भीरबाट लडेर २३ वर्षीय युवाको मृत्यु भएको छ । दशैंको टीका लगाएर अर्को गाउँ जाने क्रममा बाटोमा पर्ने भीरबाट लडेर उहाँको घटनास्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ । 

सिमकोट गाउँपालिका –७ को ओख्रेन गाउँका स्थानीय मन्दिर सिंहका अनुुसार बुुधबार बेलुुका दशैंको टीका लगाएर अर्को गाउँका आफन्तको घरमा टीका लाउन जाने क्रममा स्थानीय बलराम बिकको भीरबाट लडेर मृत्यु भएको छ । टीका लगाएपछि मृतक बिकले थोरै मदिरा पनि सेवन गरेका थिए । टीका लगाउन जाने क्रममा बाटोमा पर्ने भीरबाट लडेर युवकको मृत्युु भएको सिंहले बताउनुुभयो । 

परिवारका सदस्यले रातिसम्म टीका लगाएर घर फिर्ता आउने आशामा रहेको भए पनि युवक घर नआएपछि खोजी गरिएको थियो । मृतक बिकको बिहीबार बिहान भीरबाट लडेको अवस्थामा लाश भेटिएको थियो । एक वर्ष अगाडि विवाह गरेका बिककी श्रीमती गर्भवती अवस्थामा रहेको परिवारका सदस्यले बताएका छन् ।