• १४ वैशाख २०८१, शुक्रबार

नेपालले श्रीलंकालाई हरायो

blog

काठमाडौं, असोज १२ गते । माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले पहिलो जित निकालेको छ । मालेमा मंगलबार राति भएको खेलमा नेपालले श्रीलंकालाई ५५-४९ ले हरायो ।

यसअघि पहिलो खेलमा नेपाल आयोजक माल्दिभ्ससँग पराजित भएको थियो । चार देश सहभागी च्याम्पियनसिपमा नेपालले अब अन्त्मि खेल बुधबार भुटानसँग खेल्नेछ ।

राउण्ड रोबिनका आधारमा सञ्चालित च्याम्पियनसिपमा लिगको शीर्ष दुई टोलीबीच उपाधि भिडन्त हुनेछ ।