• १३ साउन २०८१, आइतबार

नदीमा माछा मार्न गएका पुरुष बेपत्ता

blog

बेपत्ता हुनुभएका मल्लको नदी किनारमा फुकालेको कपडा । तस्बिर : जयमान बुढा मगर

जयमान बुढामगर

रुकुमपूर्व, असोज ७ गते । पुथाउत्तरगङ्गा गाउँपालिका –८ चारगाउँका ६५ वर्षीय मनबहादुर मल्ल बेपत्ता हुनुभएको छ । हिजो बिहीबार बिहान माछा मार्न गएका मल्ल साँझसम्म घर नफर्केपछि खोजी कार्य सुरु गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार बिहीबार बिहान ७ बजेतिर मल्ल माछा मार्ने सामग्रीसहित सानीभेरी नदी किनारतिर जानुभएको थियो । आज शुक्रबार बिहान मल्ल बेपत्ता भएको खबर पाएको प्रहरीको भनाइ छ । सो खबर पाएलगतै इलाका प्रहरी कार्यालय प्वाङ र प्रहरी चौकी जाङको संयुक्त टोली र आफन्तले खोजी कार्य तीव्र पारिएको जनाएको छ ।  

मल्लको खोजी गर्दै जाँदा उहाँले लगाएको चप्पल र झोला सिस्ने गाउँपालिका –२ स्थित तिप्ताराको नदी किनारमा फेला परेको प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीले जानकारी दिनुभयो । अप्ठ्यारो भूगोल, नदीमा पानीको बहाव बढेको र त्यसमा पनि धमिलो पानीका कारण खोजी कार्यमा समस्या भइरहेको खत्रीले बताउनुभयो ।