• ८ वैशाख २०८१, शनिबार

भारत अष्ट्रेलियासँग पराजित

blog

काठमाडौं, असोज ५ गते । पाहुना टोली अष्ट्रेलियाले टी–२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा भारतलाई चार विकेटले हराएको छ । यस जितसँगै अष्ट्रेलियाले तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।

भारतले दिएको २०९ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९.२ ओभरमा ६ विकेटको क्षतिमा २११ रन बनाएको थियो । अष्ट्रेलियाको जितमा क्यामरुन ग्रीनले सर्वाधिक ६१ रन बनाउनुभयो ।

म्याथ्यु वेडले अविजित ४५, स्टिभ स्मिथले ३५, कप्तान आरोन फिन्चले २२, टिम डेभिडले १८ र जोश इंग्लिसले १७ रन बनाउनुभयो । बलिङमा भारतका अक्षर पटेलले तीन तथा उमेश यादवले दुई विकेट लिनुभयो । 

यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २०८ रन बनाएको थियो । भारतका लागि हार्दिक पाण्डेयले अविजित ७१ रन बनाउनुभयो । केएल राहुलले ५५ र सूर्यकुमार यादवले ४६ रन बनाउनुभयो ।

बलिङमा अष्ट्रेलियाका नाथन एलिसले तीन विकेट लिनुभयो । जोश हाजलउडले दुई तथा क्यामरन ग्रिनले एक विकेट लिनुभयो । दुई टोलीबीच दोस्रो खेल शुक्रबार र तेस्रो खेल आइतबार हुनेछ । एजेन्सी