• ४ जेठ २०८१, शुक्रबार

आउँदो निर्वाचन उत्सव

blog

काठमाडौँ, असोज ३ गते  । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधान गतिशील दस्तावेज भएकोले संविधानभित्रै रहेर यसलाई अझै समृद्धि बनाउँदै लैजानुपर्ने बताउनुभएको छ। संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिँदै संविधान कार्यान्वयनकै महत्त्वपूर्ण पक्षका रूपमा रहेको आउँदो प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई महान् उत्सवका रूपमा लिएर सक्रिय सहभागिता जनाउन सबै मतदातालाई आग्रह गर्नुभएको छ। 

वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिकलगायतका सबै प्रकारको विभेद र उत्पीडनको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने संविधानको सङ्कल्प पूरा गर्न सबैले लाग्नुपर्ने उहाँको सन्देशमा उल्लेख गरिएको छ।