• १९ असोज २०८१, शनिबार

एनआरटीको युथ फुटबल एकेडेमी

blog

काठमाडौं, असोज २ गते । ‘ए’ डिभिजन क्लब न्युरोट टिम (एनआरटी)ले युथ फुटबल एकेडेमी सञ्चालन गरेको छ । एनआरटीले कीर्तिपुर स्थित ल्याब्रोटरी स्कुलमा फुटबल एकेडेमी सञ्चालनमा ल्याएको हो ।

एकेडेमीको आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष अध्यक्ष पंकज बिक्रम नेम्वाङले उद्घाटन गर्नुभयो । उद्घाटन अवसरमा एकेडेमीका खेलाडीलाई खेलकुद सामाग्री समेत प्रदान गरिएको छ । एकेडेमी सञ्चालन गर्न एनआरटीले गत वर्षनै एन्फा र ल्याब्रोटरी स्कुलसँग सम्झौता गरेको थियो ।

सम्झौताअनुसार पहिलो वर्ष एकेडेमीमा क्लब र स्कुलका गरी १४ खेलाडी हुनेछन् । खेलाडीले अभ्याससहित स्कुलमा पठन पाठनको सुविधा पनि पाउनेछन् । दोस्रो र्षबाट एकेडेमीमा २१ खेलाडी हुने र त्यसमा १४ जना एनआरटीको हुने बताईएको छ ।

एसियाली फुटबल महासंघ (एएफसी) को क्लब लाइसेन्सका लागि अनिवार्य गरेपछि एनआरटीले एकेडेमी संचालनमा ल्याएको हो ।