• १९ असोज २०८१, शनिबार

फुलहाम र एस्टन भिल्ला विजयी

blog

साउथह्याम्पटनविरुद्ध गोल गर्दै एस्टन भिल्लका ज्याकोब रामसे । तस्बिर : एएफपी

काठमाडौं, असोज १ गते । फुलहाम र एस्टन भिल्लाले इङ्लिस प्रिमियर लिग फुटबलमा जित निकालेका छन् । शुक्रबार राति भएको खेलमा फुलहामले नटिङघम फरेस्टलाई उसैको मैदानमा ३–२ गोलले हरायो । अर्को खेलमा एस्टन भिल्लाले साउथह्याम्पटनलाई १–० गोलले स्तब्ध बनायो ।

प्रतिस्पर्धात्मक खेलमा फुलहामलाई जिताउन टोसिन एडराबियोले ५४औँ, जोआओ पाल्हिन्हा र हारिसन रिडले गोल गर्नुभयो । नटिङघमका टाइवो अवोनियीले ११औँ मिनेटमा सुरुवाती गोल गर्नुभयो ।

लेविस ओब्रिनले ७७औँ मिनेटमा अर्को गोल फर्काएपनि टोलीको हार टरेन । जितसँगै फुलहाम छैटौँ स्थानमा उक्लिएको छ । फुलहामले सात खेलबाट ११ अङ्क बनाएको छ । समान खेलबाट चार अङ्क बनाएको नटिङघम १९औँ स्थानमा छ । 

यसैगरी अर्को खेलमा एस्टन भिल्लालाई जिताउन ज्याकोब रामसेले निर्णायक गोल गर्नुभयो । रामसेले ४१औँ मिनेटमा गरेको गोल टोलीको जितमा पर्याप्त बन्यो । जितसँगै सात अङ्क बनाएको एस्टन भिल्ला १३औँ स्थानमा छ । पराजित साउथह्याम्पटन सात अङ्क सहित १२औँ स्थानमा छ । एजेन्सी