• ७ वैशाख २०८१, शुक्रबार

आज विश्वकर्मा पूजा, हतियार तथा औजारको पूजा गरी मनाइँदै

blog

काठमाडौंको तारकेश्वरमा गाडीको पुजा गर्दै स्थानीयबासी । तस्बिरः गोरखापत्र

काठमाडौं, असोज १ गते । आज आश्विन सङ्क्रान्तिका दिन आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइँदै छ । हरेक वर्ष असोज १ गते यो पर्व मनाइँदै आइएको छ । कालिगडले विभिन्न फलामे औजार र कलाकारखानाहरुको पूजाआजा गरेर विश्वकर्मा पूजा मनाउँदै छन् ।

विश्वकर्माको मूर्ति बाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगी सेलाउने गरिन्छ । आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।