• १० मंसिर २०८१, सोमबार

साफ यू–१७ च्याम्पियनसिप

उपाधिका लागि नेपाल र भारत भिड्दै

blog

फाइनलअघि प्रि-म्याच कन्फरेन्समा ट्रफीसँग तस्बिर खिचाउँदै भारत र नेपालका कप्तान ।

काठमाडौं, भदौ २९ गते । श्रीलङ्कामा जारी साफ यु–१७ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज (बुधबार) नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । कोलम्बोको रेस कोर्स मैदानमा हुने फाइनल खेल राति ८:१५ बजे सुरु हुनेछ ।

प्रतियोगितामा नेपाल आफ्नो अपराजित यात्रालाई कायम राख्दै उपाधि जित्ने अभियानमा छ । भारत पनि नेपाललाई हराएर उपाधि रक्षा गर्ने तयारीमा छ । भारत साबिक विजेता हो । नेपाली टोलीका प्रशिक्षक उर्जन श्रेष्ठले भारतलाई कडा टक्कर दिने बताउनुभयो ।

‘‘भारत विरुद्धको खेल्न नेपाललाई कठिन नै हुन्छ । तरपनि फाइनलमा राम्रो खेल्दै उपाधि जित्न चाहन्छौँ,’’ श्रेष्ठले भन्नुभएको छ । नेपालले समूह चरणमा भारतलाई ३–१ गोलले हराएको थियो । त्यसैले पनि नेपाल उच्च मनोबल सहित भारतसँग त्यही नतिजा कायम राख्ने दाउमा छ ।

भारत समूह चरणमा खेपेको हारको बदला लिन चाहन्छ । च्याम्पियनसिपको सेमिफाइनलमा भारतले बङ्गलादेशलाई २–१ र नेपालले आयोजक श्रीलङ्कालाई ६–० गोलले पराजित गरेको थियो ।