काठमाडौं, भदौ २८ गते । गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको रनिङ्ग ट्रफी टुर कार्यदल गठन भएको छ ।
भदौ २७ गते बसेको नवौँ कार्यकारी समितिको निर्णयअनुसार ओलम्पियन एवं दक्षिण एसियाली खेलकुदका किर्तिमानधारी विष्टको संयोजकत्वमा पाँच सदस्यीय
कार्यदल गठन गरिएको हो । कार्यदलको सदस्यहरूमा क्रिकेटका पूर्व कप्तान पारस खड्का, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठ, महिला भलिबलकी कप्तान अरुणा शाही र अल्ट्रा धाविका मिरा राई हुनुहुन्छ ।
भदौ ३१ गते राष्ट्रिय खेलकुद परिषद्का संरक्षक एवं प्रधानमन्त्री शेरबहादुर देउवाबाट उक्त रनिङ ट्रफी सार्वजनिक गरिने र ट्रफी टुर सुदूर पश्चिमाञ्चलबाट सुरुगरी सात वटै प्रदेश र तीन विभागीय टोलीमा लगिने छ ।
राष्ट्रिय खेलकुद परिषद् राखेपले पहिलो पटक राष्ट्रिय खेलकुदको टिम च्याम्पियन ट्रफी निर्माण गरको हो । १० लाख रुपियाँ लगानीमा निर्माण गरिएको उक्त रनिङ ट्रफी सर्वाधिक पदक जित्ने टोलीलाई प्रदान गरिनेछ ।