• १५ असार २०८१, शनिबार

होमियोप्याथी चिकित्सा प्राथमिकतामा

blog

काठमाडौँ, भदौ २७ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले नेपालमा होमियोप्याथी चिकित्सा विकासलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । इन्डो नेपाल होमियोप्याथी सम्मेलनकोे आइतबार उद्घाटन गर्दै स्वास्थ्यमन्त्री खापुङले पछिल्लो समय नसर्ने रोगको प्रकोप बढ्दै गएको बेला होमियोप्याथी उपचार पद्धति सस्तो देखिएकाले यसलाई विकास गर्नुपर्ने बताउनुभयो । 

नसर्ने रोगमा होमियोप्याथिक उपचार लाभदायी हुने भन्दै मन्त्री खापुङले आयुर्वेदिक तथा वैकल्पिक चिकित्साका विधाहरूलाई विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । सम्मेलनमा नेपाल र भारतका गरी ४५० होमियोप्याथी चिकित्सक र सहायकको सहभागिता रहेको छ ।