• २७ पुस २०८१, शनिबार

मध्यपुर थिमी–७ टिम च्याम्पियन

blog

ब्याडमिन्टनमा पुरुष र महिला एकलतर्फका विजेता । तस्बिर : राखेप

काठमाडौं, भदौ २५ गते । मध्यपुर थिमी ननगरपालिका–७ भक्तपुर जिल्लाव्यापी अन्तर वडा ब्याडमिन्टन प्रतियोगिताको टिम च्याम्पियन बनेको छ । थिमी–७ ले एक स्वर्ण दुई रजत पदक जित्दै टिम च्याम्पियन बनेको हो । 

मध्यपुर थिमी–८ दोस्रो भयो । उसले एक स्वण र एक कांस्य जित्यो ।  एक स्वर्ण प्राप्त गरेका सूर्यविनायक नगरपालिका–८ र मध्यपुर थिमी–४ संयुक्त तेस्रो भयो अन्तर्राष्ट्रिय ब्याडमिन्टन विकास केन्द्रको आयोजना तथा भक्तपुर जिल्ला ब्याडमिन्टन संघको तत्वावधानमा भएको प्रतियोगितामा पुरुषतर्फ सूर्यविनायक नगरपालिकाका आयुष प्रजापती र महिला तर्फ मध्यपुर थिमी–४ की कृषा श्रेष्ठ पहिलो हुनुभयो ।

आयुषले सूर्यविनायक–३ का रमेश बस्नेतलाई २१–१३, १८–२१, २१–१६ र कृषाले मध्यपुर थिमी–७ की सर्मिला केसीलाई २१–१८, १७–२१, २१–१२ ले हराउनुभयो । पुरुष युगलतर्फ मध्यपुर–७ का भीमराज कार्की र साजन न्यौपानेको जोडी पहिलो हुनुभयो ।

पुरुष युगल ४५ वर्षमाथिको प्रतिस्पर्धामा थिमी–८ का पूर्णहरि होना र प्रेमभक्त ज्यानाको जोडी पहिलो हुनुभयो । प्रतियोगितामा शीर्ष तीन स्थानमा रहने खेलाडीले क्रमशः २० हजार, १० हजार र पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरियो । 

विजेतालाई समाजसेवी अष्ट कोवे, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा, भक्तपुर जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष राजेन्द्र प्रजापतीलगायतले पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितामा दुई सय खेलाडीको सहभागिता थियो ।