• १९ असोज २०८१, शनिबार

यू–२० एसियन कप : नेपाल र भुटान भिड्दै

blog

काठमाडौं, भदौ २५ गते । अर्को वर्ष उज्वेकिस्तानमा हुने एएफसी यू–२० एसियन कप फुटबलको छनोटका लागि नेपाली युवा टोली बहाराइनमा छ । छनोट अन्तर्गत नेपालले पहिलो खेल आज भुटानसँग खेल्दैछ । खेल आज राति ८:४५ वजे सुरु हुनेछ । 

नेपाल छनोट खेलको  समूह ‘बी’मा परेको छ । समूहमा आयोजक बहराइन, भुटान, बंगलादेश र कतार छ   गत जुलाईमा भारतमा भएको साफ यू–२० च्याम्पियनसिपमा फाइनल यात्रा तय गर्न असफल रहेको नेपाली युवा टिम अर्को वर्षका लागि उज्वेकिस्तानको टिकट काट्ने लक्ष्यमा छ ।

शनिबारदेखि सुरु हुने छनोटको पहिलो खेलमा भुटानसँग खेल्नु अघि पत्रकार सम्मेलनमा बौल्दै मुख्य प्रशिक्षक मेघराज केसीले तयारी राम्रो भएको बताउनुभयो । हाँले भन्नुभयो, ‘‘हामीले तीन महिनादेखि तयारी गरिरहेका छौं । त्यसबीचमा हामीले साफ च्याम्पियनसिप खेल्यौं, त्यसैले एसिया कपका लागि पनि हाम्रो तयारी राम्रो छ ।’’

नेपाली टोलीमा साफ च्याम्पियनसिप खेलेका खेलाडीबाट ६ जना परिवर्तन गरिएको छ । प्रशिक्षक केसीले उनेश चौधरीको स्थानमा गोलरक्षक टोपबहादुर रानालाई स्थान दिनुभएको छ । स्यान्सु भुसाल, राज थोकर, जान ताम्ली, राकेश विश्वकर्मा र सञ्जीव लामालाई टोलीमा समेटिएको छ ।

नेपाली टोली बिहीबार बहराइन पुगेको हो । नेपालले दोस्रो खेल सोमबार कतार, तेस्रो खेल बुधबार बहराइन र अन्तिम खेल अर्को आइतबार बंगलादेशसँग खेल्नेछ ।