• २७ पुस २०८१, शनिबार

बङ्गलादेश सेमिफाइनल नजिक

blog

काठमाडौं, भदौ २५ गते । बङ्गलादेश काठमाडौंमा जारी छैटौँ साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनल नजिक पुगेको छ । दशरथ रङ्गशालामा शनिबार भएको खेलमा बङ्गलादेशले पाकिस्तानलाई ६–० गोलले हरायो । समूह ‘ए’ मा रहेको बङ्गलादेशको यो लगातार दोस्रो जित हो । यसअघि पहिलो खेलमा बङ्गलादेशले मालदिभ्सलाई ३–० गोलले हराएको थियो।

बङ्गलादेशको जितम कप्तान सविना खातुनले ह्याट्रिक गर्नुभयो । यो जारी प्रतियोगिताको पहिलो ह्याट्रिक हो । मोनिका चक्मा, मोसाम्मत शोप्ना र रितु पोर्नाले एक एक गोल गर्नुभयो । बङ्गलादेशसामु निरीह बनेको पाकिस्तानले गोल फर्काउन सकेन ।

लगातार दोस्रो हार खेपेको पाकिस्तानको अघिल्लो चरणमा पुग्ने सम्भावना पनि कमजोर बनेको छ । पहिलो खेलमा पाकिस्तान भारतसँग ३–० गोलले पराजित भएको थियो । जितसँगै शीर्षस्थानमा रहेको बङ्गलादेशको ६ अङ्क छ । साबिक विजेता भारतको तीन अङ्क छ । आजै साँझ भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । सात टोली सहभागी प्रतियोगितामा नेपाल, भुटान र श्रीलङ्का समूह ‘बी’ मा छन् ।

नेपाल र भुटानले एक एक खेल जितेका छन् । नेपालले उद्घाटन खेलमा भुटानलाई ४–० गोलले पराजित गरेको थियो । भुटानले पनि श्रीलङ्कालाई ५–० गोलले पराजित गरेको थियो । नेपालले दोस्रो खेल सोमबार श्रीलङ्कासँग खेल्नेछ ।