• १३ साउन २०८१, आइतबार

ट्रक दुर्घटनामा परी एक जनाको मृत्यु, दुई घाइते

blog

जाजरकोटको नलगाडमा भएको ट्रक दुर्घटनास्थल । तस्बिर.सहदेव बस्नेत

जाजरकोट, भदौ २४ गते ।  जिल्लाको नलगाड नगरपालिका – ८ मालुवातडामा ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । रुकुम पश्चिमको राडीदेखि तल्लुवगर तर्फ जाँदै गरेको भे.१ ख. ३७३६ नम्बरको मिनी ट्रकको एक्कासि ब्रेक फेल भई दुर्घटनामा परेको हो । 
दुर्घटनामा परी ल्यान बनगाड कुभिण्डे दह नगरपालिका वडा नं. ५ का १८ वर्षीय आशिष गन्धर्वको घटनास्थलमै मृत्यु भएको हो । रोल्पाको गङ्गादेव गाउँपालिका ३ बस्ने ३० वर्षीय नवीन डाँगी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष निरौलाले ट्रक चालक सुर्खेत भेरी गङ्गा नगरपालिका ६ बस्ने वर्ष ५० को लक्षिराम विक समेत घाइते भएको जानकारी दिनुभयो । घाइतेहरूको एम्बुलेन्स मार्फत उद्धार गरी उपचारका लागि नेपालगन्ज पठाइएको डिएसपी निरौलाले जानकारी दिनुभयो ।
Author

सहदेव बस्नेत