• १५ वैशाख २०८१, शनिबार

सेवा यथावतको माग गर्दै कलैयामा प्रदर्शन

blog

कलैयामा बिरोध प्रदर्शन गर्दै स्थानीय नागरिक । तस्बिर : शिवशङ्कर मिश्र

शिवशङ्कर मिश्र

बारा, भदौ २२ गते । मालपोत तथा नापी कार्यालय यथावत राख्न माग गर्दै तीन पालिकाका नागरिकले सदरमुकाम कलैयामा विरोध प्रदर्शन गरेका छन् । महागढीमाई नगरपालिका –९, सुवर्ण र देवताल गाउँपालिकाको सेवा सुविधाको कामकाज सिम्रौनगढ नगरपालिकाबाट सुरु गरेको विरोधमा स्थानीय नागरिकले सो प्रदर्शन गरेको बताएका छन् । 

महागढीमाई –९ का वडा अध्यक्ष दिलीप शुक्लाको नेतृत्वमा मालपोत कार्यालयदेखि निस्केको जुलुस कलैयामा प्लेकार्डसहित प्रदर्शन गरेको थियो । जुलुसमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी देखिएको थियो । प्रदर्शनकारीले प्रशासन कार्यालय अगाडि बाटोमा अवरोध गरेपछि प्रदर्शनकारी र प्रहरीबीच सामान्य विवाद भएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताउनुभयो । 

वडा अध्यक्ष शुक्लाको अध्यक्षतामा सम्पन्न कोणसभामा नागरिक समाजका अध्यक्ष उमेशलाल दासले पायक पर्ने ठाउँमा कार्यालय राख्नुको साटो नगरपालिकामा मालपोत तथा नापी लगेको निर्णय गलत रहेको बताउनुभयो ।