• १० मंसिर २०८१, सोमबार

राष्ट्रपति भण्डारीद्वारा भारतीय सेनाध्यक्ष पाण्डेलाई दर्ज्यानी चिह्न प्रदान

blog

राष्ट्रपति विद्यादेवी भण्डारी भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी दर्ज्यानी चिह्न प्रदान गर्नुहुँदै । तस्बिर : नेपाली सेना

काठमाडौं, भदौ २० गते । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।

सोमबार अपराह्न राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले भारतीय सेनाध्यक्ष पाण्डेलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो । साथै, राष्ट्रपति भण्डारीले पाण्डेलाई खड्ग तथा प्रमाण–पत्र प्रदान समेत प्रदान गर्नुभएको छ ।


प्रधानमन्त्री एवम् रक्षामन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सो सम्मान प्रदान गरिएको हो । उक्त कार्यक्रममा मुख्य सचिव शंकरदास बैरागी, नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मालगायतको उपस्थिति रहेको थियो ।


दशकौंदेखि नेपाल–भारतबीच नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय सेनाध्यलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा रहिआएको छ ।