• २९ वैशाख २०८१, शनिबार

भारतीय सेनाध्यक्ष पाण्डेद्वारा सैन्य सामग्री हस्तान्तरण

blog

प्रधान सेनापति प्रभुराम शर्मालाई भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले विभिन्न गैर–घातक सैन्य सामग्री हस्तान्तरण गर्नुहुँदै । तस्बिर : नेपाली सेना

काठमाडौं, भदौ २० गते । पाँच दिने नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले नेपाली सेनालाई विभिन्न गैर–घातक सैन्य सामग्री हस्तान्तरण गर्नुभएको छ ।

सोमबार भद्रकालीस्थित सैनिक मुख्यालय जङ्गी अड्डामा सेनाध्यक्ष पाण्डेले प्रधान सेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गर्नुभएको हो ।


यसअघि प्रधान सेनापति शर्मा र सेनाध्यक्ष पाण्डेबीच जङ्गी अड्डामा भेटवार्ता भएको थियो । त्यसपछि सेनाध्यक्ष  पाण्डेले प्रधान सेनापति शर्मालाई गैर–घातक सैन्य सामग्री हस्तान्तरण गर्नुभएको छ ।

आइतबार नेपाल आइपुग्नु भएका पाण्डेको सम्मानमा आयोजित समारोहमा नेपाली सेनाले आजै सम्मान गारत अर्पण गरेको थियो । सो अवसरमा उहाँले जङ्गी अड्डा मूल भवन परिसरमा वृक्षारोपणसमेत गर्नुभयो ।

त्यस्तै, उहाँले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा पुष्पहार समर्पण गरी श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।