• २८ वैशाख २०८१, शुक्रबार

भारतीय सेनाध्यक्ष र प्रधान सेनापतिबीच भेटवार्ता

blog

भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डे र नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माबीच भेटवार्ता छ । तस्बिर साभार : नेपाली आर्मीको वेबसाइटबाट

काठमाडौं, भदौ २० गते । भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डे र नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ ।

सोमबार बिहान भद्रकालीस्थित जङ्गी अड्डामा दुई देशका सैनिक प्रमुखबीच भेटवार्ता भएको हो ।

प्रधानसेनापति शर्मालाई भेट्नुअघि सेनाध्यक्ष पाण्डेको सम्मानमा सैनिक मुख्यालय जङ्गी अड्डामा आज बिहान आयोजित समारोहमा सम्मान गारत अर्पण गरिएको हो । सो अवसरमा उहाँले जङ्गी अड्डा मूल भवन परिसरमा वृक्षारोपणसमेत गर्नुभयो ।

यसअघि उहाँले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा पुष्पहार समर्पण गरी श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

दुई देशका सैनिक प्रमुखबीच भेटवार्तापछि सेनाध्यक्ष पाण्डेले नेपाली सेनालाई सहयोग सामग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा भारतीय सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुहुनेछ ।

राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । प्रधानसेनापति शर्माको औपचारिक निमन्त्रणामा पाण्डे आइतबार पाँच दिवसीय नेपाल भ्रमणमा आउनुभएको हो ।