• १९ असार २०८१, बुधबार

आफ्नै श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ

blog

वालिङ, भदौ १९ गते । आफ्नै श्रीमतीलाई हत्या गरेको आरोप प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । पुतली बजार नगरपालिका वडा नम्बर ८ का ४० वर्षीय गोपाल दमईले ४२ बर्षीया श्रीमती मञ्जु दमईको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । 

गोपालले आफ्नी श्रीमतीलाई कुटपिट गरेको तथा टाउकोमा समेत चोट पुर्‍याउने गरी हानेर गम्भीर घाइते बनाएको जानकारी पाए पछि स्थानीयले उद्धार गरी उपचारका लागि अस्पताल पुराएका थिए । मञ्जुको उपचारका क्रममा मणि पाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो । 

गोपाललाई कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान सुरु भएको प्रवक्ता खनालको भनाई छ ।
Author

राधाकृष्ण डुम्रे